म स्वतन्त्र हुँ : वडाध्यक्ष डाँगी
दाङ । तुलसीपुर उपमहानगरपालिका १६ का स्वतन्त्रबाट नवनिर्वाचित वडाध्यक्ष शिवानन्द डाँगीले आफू अहिले पनि स्वतन्त्र नै रहेको बताएका छन् । बिहीबार एक प्रेस विज्ञप्ति गर्दै उनले अहिले बाहिर केही पार्टीहरूमा गएको भन्दै भनी अनर्गल प्रचार भएको भन्दै त्यस्ता कुरामा भ्रम नपर्ने वडाका मतदातालाई आग्रह गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्,‘ म अहिले पनि स्वतन्त्र हुँ । मैले माओवादी केन्द्रबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवार भई तपाई मतदाताहरूले साथ दिएर जिताउनु भएको हो । आफू सँधै जनताको साथमा रहेको र जनताको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
त्यस्तै उनले २०७४ सालमा आफू माओवादी केन्द्रबाट वडाध्यक्षमा लडेको भएयता पनि त्यसबेला हारेको र आफूले सँधै जनताको साथमा रहेको काम गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यस्तै उनले गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत आफूलाई तुलसीपुर १६ का जनताले भोट दिएर जिताएकोमा धन्यवाद दिँदै वडाको हरेक विकास निर्माणका काम देखि हरेक दुःख, सुखमा पनि सँगसँगै रहने जनाएका छन् ।