जनप्रतिनिधिहरुद्धारा सपथ ग्रहण

दाङ । तुलसीपुर उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुखसहित अन्य पदाधिकारीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मेयर टिकाराम खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाबाट पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । थापाले मेयर खड्कालाई प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराएका हन् । गत बैशाख ३० र जेठ ३ गतेको स्थानीय तह निर्वाचनमा खड्काले ३१४०८ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन् । सपथ ग्रहण गरी नगर प्रमुख खड्काले शहिद नेत्रलाल चोकमा पुगेर उनीले सम्झिएका थिए ।
मेयर खड्काले पद तथा सपथ ग्रहण गरे पश्चात बिहीबार तुलसीपुरमा आयोजित पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रममा अन्य पदाधिकारीहरुले सामुहिक रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । मेयर खड्काले उपप्रमुख सहित १९ जना वडा अध्यक्ष र सदस्य गरी ९६ जना जनप्रतिनिधिहरुलाई एकैसाथ पद तथा गोपनीयताको सपथ खुवाएका थिए । सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई तुलसीपुर निर्वाचन अधिकृत राजेश्वर अर्यालले प्रमाणपत्र प्रदान गराएका थिए ।

सो अवसरमा बोल्दै निर्वाचन अधिकृत अर्यालले निर्वाचित सवैमा बधाई ज्ञापन गर्दै शान्तिपुर्ण बातावरणमा निर्वाचन सम्पन्न भएको बताए । निर्वाचन मिति घोषणा भईसकेपछि पनि हुन्छ की हुँदैन भन्ने अन्यौलताका बिच पनि निर्वाचन सम्पन्न भएको उनले बताए । कार्यक्रममा नवनिर्वाचित मेयर टिकाराम खड्काले जनताको सेवक बनेर काम गर्ने बताए । आस्था र विचारका हिसाबले छुट्टाछुट्टै झण्डा बोकेर चुनाव लडे पनि अब त्यसलाई बिर्सीएर जनताको सेवामा सेवक बनेर निस्वार्थ रुपमा काम गर्नुपर्ने बताए ।
उनले सवै जनप्रतिनिधिहरुले हरेक जनता प्रति उत्तरदायीत्व हँुदै जनभावना अनुसार सेवा गर्नुपर्ने बताए । जनताको हरेक सुख दुःखमा सेवक बनेर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले सवै जनप्रतिनिधिहरुलाई निस्वार्थ भावनाका साथ काम गर्न निर्देशन दिए । उपमहानगरपालिकामा निर्वाचित भएर लाभ लिने नभई जनतालाई सहज, सर्वसुलभ र शुसासन प्रदान गर्ने उनले बताए । सो अवसरमा बोल्दै निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले नवनिर्वाचित मेयर, उपमेयर सहित सवै जनप्रतिनिधिहरु प्रति बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । आफुहरुले पाँच बर्ष कार्यकाल सफलता पुर्वक नेतृत्व सम्पन्न गरेको बताउँदै उनले नयाँ नेतृत्वले पनि यसै गरी सफलता पुर्वक काम गर्नुपर्ने बताए ।