नवनिर्वाचित जनप्रतिनिधिलाई नेतृ सिद्धिकिद्धारा बधाई ज्ञापन

घोराहि । नेकपा एमालेकाकि केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनकि केन्द्रिय उपाध्यक्ष साजिदा सिद्धिकिले नेकपा एमालेबाट घोराहि र तुलसिपुरको मेयर तथा उपमेयरमा निर्वाचित जनप्रतिनिधिलाई बधाई दिएकि छिन । तुलसिपुरको मतगनणा आज सकिय लगतै सामाजिक संजालमा विज्ञप्ति जारी गर्दै सिद्धिकिले नेकपा एमालेलार्ई मतदान स्थलसम्म आएर आफ्नो अमुल्य मतदान गरी मेयर , उपमेयर तथा वडा अध्यक्ष र सदस्यहरुलाई जिताएको भन्दै मतदातालाई धन्यबाद ब्यक्त गर्दै नव निर्वाचित जनप्रतिनिधिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत ब्यक्त गरेकि हुन ।
आसन्न स्थानिय तहको निर्वाचनमा ५ दलिय सत्ता गठबन्धनबाट निर्वाचनमा होमिएको थियो भने नेकपा एमाले एक्लै निर्वाचनमा आएको थियो । दाङमा निकै चासोका साथ हेरीएको दुई उपमहानगरपालीकामा कस्ले बाजि मार्छ भन्ने धेरैलाई चासो थियो । अन्तत गठबन्धनलाई परास्त गर्दै निकै फराकिले मतान्तरले नेकपा एमालेका उम्मेद्धारहरुे बिजय भएका हुन । घोराहिमा १३ वडा सहित मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसि निर्वाचित भएका छन भने तुलसिपुरमा १० डा सहित मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानि चौधरी निर्वाचित भएका हुन । घोराहिका मेयर नरुलाल चौधरी यसअघिका मेयर थिय भने पुन दास्रो कार्यकालको लागि निर्वाचि भएका हुन । नेकपा एमालेका महासंचिव तथा लुम्बिनि प्रदेहका संस्थापक मुख्यमन्त्रि शंकर पोख्रलको गृहजिल्लामा दुई उपमहानगर जित्नुमा केन्द्रिय नेताहरु साजिदा सिद्धिकि , शान्ता चौधरी ,घन्शयाम पान्डे ,मेनका पोख्रेल ,कोमल वली , सिता सिग्देल लागएत प्रदेश ,र,जिल्लाले निकै मेहनत गरेका थिय ।
त्यसैगरी नेकपा एमाले कि केन्द्रिय सदस्य साजिदा सिद्धिकिले स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदानमा सहभागी हुने मतदाता, सुरक्षाकर्मी, मतदान अधिकृत, कर्मचारी, पर्यवक्षक, संचारकर्मी, राजनीतिक दल, स्वयमसेवक, अधिकारकर्मी र सभ्य तथा भब्य रुपमा मतगनणा गर्ने सबैप्रति आभार प्रकट समेत गरेकि छिन । एमाले नेतृ सिद्धिकि एक संघर्षशिल महिला हुन र उनि २० बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आएकि छिन । जसको फलस्वरुप नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएकि छिन । केन्द्रिय सदस्यको हैसियतले उनले सम्पुर्णमा धन्यबाद ज्ञापन गरेकि हुन । साथै समाजसेवामा समर्पित नेतृ सिद्धिकि अव टोल टोलमा जनताका समस्या बुझ्न र समस्या समाधान गर्न जाने बताएकि छिन र नव निर्वाचि जनप्रतिनिधि पनि सोहि अनुरुप जनताको मनोभावना बुझेर काम गर्नु हुने छ भन्ने बिश्वास समेत लिएकि छिन । जनताले निर्वाचि गराएपछि अव जनताकै लागि सेवामा आफ्नो पार्टि र जनप्रतिनिधि खटिने पनि उनले बताएकि छि ।