२०८० असोज ७ गते आइतवार

तुलसीपुर १६ मा स्वतन्त्रका उम्मेदवार डाँगी विजयी

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ बाट स्वतन्त्र उम्मेदवार शिवानन्द डाँगी विजयी भएका छन् । उनले १ हजार ३४४ मतका साथ विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका अमर खड्काले १ हजार १५९ मत ल्याएका छन् भने सत्ता गठबन्धनबाट भूप बहादुर केसी तेस्रो हुँदै ४६७ स्थानमा रहेका छन् ।

त्यसैगरी अध्यक्षको उम्मेदवारमा धारा पदम बहादुर केसी १८३, कलाधर आचार्य हास १९६, लेख बहादुर कुमाल ( कुखुराको भाले)  ७५, रीत बहादुर बस्नेत ( हलो )  ५२, गणेश चौधरी ( लौरो )  ७, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका भूपबहादुर केसीले ४६७ मत मात्रै पाएका छन् ।

त्यसैगरी सदस्यहरूमा निर्वाचित हुनेमा एमालेबाट देव बहादुर चौधरी १३२५, काङ्ग्रेसबाट मोहनलाल थारू १ हजार २८७, एमालेबाट पार्वता कामी १ हजार २४०, एमालेबाट रेखा शर्मा पोख्रेल १ हजार २९९ मत लिएर विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस