तुलसीपुर-१४ मा कांग्रेसको प्यानलनै विजयी

तुलसीपुर । तुलसीपुर-१४ मा नेपाली कांग्रेसका उम्मेदवार शंकरकुमार खड्का विजयी भएका छन् । खड्काले १८ सय ९९ मत ल्याएर विजयी भएका हुन् । भने उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर केसीले १३ सय ६२ मत ल्याएका थिए । खड्का ५३७ मतान्तरले बिजयी भएका हुन् ।
त्यस्तै सदस्यमा मिना डाँगीले १७ सय ७८, सरस्वती नेपालीले १७ सय ९१, धनिराम चौधरीले १७ सय ५९ र पदमबहादुर बस्नेतले १७ सय ८८ मत ल्याएर विजयी भएका छन् ।खड्काको पूरै प्यानल विजयी भएका हो ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस