गिरी र खड्का विचको मतान्तर १ हजार ७ सय ६७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको नेकपा एमालेका उम्मेदवार टिकाराम खड्काको १ हजार ७ सय ६७ मतले अग्रता कायमै रहेको छ । ५१ हजार ३५ मत गणना हुँदा खड्काले २१ हजार ६८७ मत प्राप्त गरेका छन् । भने गठबन्धका तर्फका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १९ हजार ९१० मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेको तर्फबाट उपमेयर स्यानी चौधरीले २१ हजार १९४ मत प्राप्त गरेकी छिन् भने गठबन्धनको तर्फका (समाजवादी) उम्मेदवार जोगबहादुर राणाले १४ हजार १९४ मत प्राप्त गरेका छन् । चौधरी र राणाबिच ७ हजार मतान्तर रहेको छ । अब २३ हजार ३०१ मत गणना गर्न बाँकी रहेको छ ।
अहिलेसम्म तुलसिपुर उपमहानगरपालिकामा वडा नं. १ देखि वडा नं ११, १३ सम्मको अन्तिम मत परिनाम सार्वजनिक भैसकेको छ भने वडा नं १२, १४ र १५ को मत गणना भैरहेको छ ।
प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस