मतान्तर बढाउदै एमालेका उम्मेद्धार खड्का

जेष्ठ ७ तुलसिपुर
दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी र नेकपा एमालेका टीकाराम खड्का झिनो मतअन्तरले अगाडि–पछाडि भैरहेको बेला अहिले भने ३८९ मतको फरक रहेको छ जसमा नेकपा एमालेका उम्मेद्धार टिकाराम खड्का अगाडि रहनुभएको छ ।
हालसम्म २९ हजार ७५७ मत गणना हुँदा एमालेका खड्काले १२ हजार ४२९ मत र नेपाली कांग्रेसका गिरीले १२ हजार ४० मत ल्याएका छन् । एमालेका खड्का कांग्रेसका गिरीभन्दा ३८९ मतले अघि छन् । यसअघि कांग्रेसका गिरी अगाडि थिए । उपमेयरमा भने एमालेकी स्यानी चौधरी गठबन्धनका उम्मेदवारभन्दा फराकिलो मतले अगाडि छिन् । उनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मतान्तर बढाउँदै गएकी छन् ।
चौधरीले ११ हजार ६६७ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ९ हजार १९० मत ल्याएका छन् । चौधरी रानाभन्दा एक हजार २ हजार ४७७ मतले अगाडि छन् । अहिले सम्म तुलसिपुर उपमहानगरपालीकामा वडा नं १ देअि वडा नं ६ सम्मको अन्तिम मत परीनाम सार्वजनिक भैसकेको छ भने वडा नं ७,८,९ को मतगणना भैरहेको छ । वडा नं १० को आज साझबाट मत गनणा हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन ।