१८३ मतले मेयरमा खड्काको अग्रता

तुलसीपुर । तुलसीपुुरमा उपमहानगरपालिकामा २७०८३ मत गणना गर्दा मेयरमा एमालेका टिकाराम खड्काले १८३ मतले अग्रता लिएका छन् ।

खड्काले ११२५६ मत प्राप्त गर्दा गठबन्धनबाट गेहेन्द्र गिरीले ११०७३ मत ल्याएर पछ्याई रहेका छन् । अलिहेसम्म उपमहानगरका १, २, ३, ४, ५, ६ को मत गणना सम्पन्न भएको छ भने ७, ८ र ९ नम्बर वडाको मत गणना भइरहेको छ ।

त्यसैगरी उपमेयरमा एमालेका स्यानी चौधरीले १०५४२ मत लिएर अग्रता कायम गरेका छन् । गठबन्धनको तर्फबाट जोगबहादुर रानाले ८५५६ ल्याएर पछ्याईरहेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस