गिरीको निरन्तर अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । १९ हजार ३ सय ५४ मतगणना हुँदा गठवन्धनदलबाट नेपाली काँग्रेसका मेयर गेहेन्द गिरीले १ सय ११ मतले अग्रता कायम गरेका छन् । काँग्रेसका गिरीले ७ हजार ९ सय ९९ मत प्राप्त गर्दा एमालेका टिकाराम खड्काले ७ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयरमा एमालेका स्यानी चौधरीले ७ सय ३ सय ३२ मतप्राप्त गर्दा गठवन्धन दलका एसका जोग बहादुर रानाले ६ हजार १ सय ८९ मत प्राप्त गरेका छन् । चौधरी र रानाविचको मतान्तर १ हजार १ सय ४३ रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस