मेयरमा गिरीकै अग्रता

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार १४ हजार ५ सय ४० मत गणना हुँदा गिरीले ६ हजार ३ सय ३२ मत प्राप्त गरेका छन । त्यस्तै एमालेका टिकाराम खड्काले ६ हजार ३ मत प्राप्त गरेका छन् । गिरी एमालेका खड्का भन्दा २ सय २९ मतले मतले अघि छन ।

त्यस्तै उपमेयरमा एमालेका स्यानी चौधरीको अग्रता कायमै रहेको छ चौधरीले उनले ५हजार ६ सय ५५ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोग बहादुर रानाले ४ हजार ९ सय २५ मत प्राप्त गरेका छन । चौधरी राना भन्दा ७ सय ३० मतले अघि छिन ।

यसैबिच तुलसीपुर–३ को मत परिणाम अनुसार वडाध्यक्षमा एमालेका विरबहादुर बिकले ९ सय २८ मत प्राप्त गर्दा एकिकृत समाजवादीका मंगल नेपालीले ७ सय ६२ मत प्राप्त गरेका छन । त्यस्तै वडा नं. ५ मा नेपाली काँग्रेसका विरेन्द्र शाहको अग्रता कायमै रहेको छ । शाहले १ हजार २ सय ५ मत प्राप्त गर्दा एमालेका पदम न्यौपानेले ७ सय मत प्राप्त गरेका छन् । शाह एमालेका न्यौपाने भन्दा ५ सय ५ मतान्तरले अगाडी छन् ।

यसैगरी वडा नं. ६ को वडा अध्यक्षमा गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका लोक बहादुर डाँगी १३ मतले दुजमान भण्डारी भन्दा अगाडी छन् । पछिल्लो मतपरिणाम अनुसार लोकबहादुरले ४ सय ५७ मत प्राप्त गर्दा दुजमान भण्डारीले ४ सय ४४ मत पाप्त गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३,५,६ को मतगणना भइरहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस