तुलसीपुर मेयरमा गठबन्धनका गिरीको अग्रता कायमै

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार १३ हजार ८ सय ४० मत गणना हुँदा गिरीले ५ हजार ९ ८५ मत प्राप्त गरेका छन । त्यस्तै एमालेका टिकाराम खड्काले ५ हजार ६ सय ७ मत प्राप्त गरेका छन । गिरी एमालेका खड्का भन्दा ३ सय ३६ ले मतले अघि छन ।

त्यस्तै उपमेयर एमालेका स्यानी चौधरीको अग्रता कायम छ । उनले ५हजार ३ सय ७१ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका जोग बहादुर रानाले ४ हजार ७ सय ४१ मत प्राप्त गरेका छन । चौधरी राना भन्दा ६ सय ३० मतले अघि छिन ।

यसैबिच तुलसीपुर–३ को मत परिणाम अनुसार वडाध्यक्षमा एमालेका विरबहादुर बिकले ८३८मत प्राप्त गर्दा एकिकृत समाजवादीका मंगल नेपालीले ६८१ मत प्राप्त गरेका छन । त्यस्तै वडा न। ५ मा २२०० मत गन्दा वडा अध्यक्षमा कांग्रेसका बीरेन्द्र शाहले १हजार २ मत प्राप्त गर्दा नेकपा एमालेका पदम पोख्रेलले ६सय ५ मत प्राप्त गरेका छन । त्यस्तै वडा न।६ को वडा अध्यक्षमा कांग्रेसका लोकबहादुर डाँगीले ३ सय ३७ प्राप्त गर्दा नेकपा एमालेका दुजमान भण्डारीले ३ सय १० मत प्राप्त गरेका छन । तुलसीपुरमा अहिले वडा न।३,५ र ६को मतगणना जारी छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस