तुलसीपुरमा गठवन्धन दलको अग्रता

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीको अग्रता कायमै रहेको छ । १२ हजार ३ सय ४८ मतगणना हुँदा गिरीले ५ हजार ४ सय २ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार टिकाराम खड्काले ५ हजार ६९ मत प्राप्त गरेका छन् । काँग्रेसका उम्मेदवार गिरी एमालेका खड्का भन्दा ३ सय ३३ मतान्तरले अग्रता कायम गरेका छन् ।
उपमेयरमा स्यानी चौधरीले ४ हजार ८ सय १३ मत प्राप्त गर्दा जोग बहादुर रानाले ४ हजार तीनसय ८१ मत प्राप्त गरेका छन् । चौधरी राना भन्दा ५ सय ६८ मतले अगाडी छिन् ।

वडा नं ५ को वडाअध्यक्षमा नेपाली काँग्रेसका बिरेन्द्र कुमार शाहले ६ सय ६८ मत प्राप्त गरेका छन् । एमालेका पदम् पोख्रेलले ४ सय ११ मत प्राप्त गरेका छन् । काँग्रेसका शाह २ सय ५७ मतले अगाडी छन् ।

यसैगरी वडा नं. ६ मा पनि गठवन्धनले अग्रता कायम गरेको छ । ४ सय मत गणना हुँदा गठवन्धनबाट नेपाली काँंग्रेसका लोकराज डाँगीले १ सय ६६ मत प्राप्त गर्दा एमालेका दुजमान भण्डारीले १ सय ५९ मत प्राप्त गरेका छन् । डाँगी भण्डारी भन्दा ७ मतले अगाडी छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस