दाङमा दशमध्ये आठ पालिकाको नतिजा सार्वजनिक, ५ मा कांग्रेस र ३ मा माओवादी विजय

दाङ। दाङका १० पालिका मध्ये ८ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिले सम्म लमही, बंगलाचुली, दंगीशरण, बबई, शान्तिनगर, राप्ती ,राजपुर र गढवा गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ ।  भने २ वटा पालिकाको नतिजा आउन बाँकी रहेको   प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

बंगलाचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्षमा तुलसिराम पुन (सुवास)ले जितेका छ भने उपाध्यक्षमा कांग्रेसको भक्त बहादुर जि.सी.ले जितेका छन,   लमहि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका जोगराज चौधरी र उपमेयरमा कांग्रेसकै लक्ष्मी योगी बिजयी हुनुभएको छ ।

यस्तैगरी बबई गाउँपालिकामा अध्यक्षमा काँग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी हुनुभएको हो । शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रमोद बस्नेत र उपाध्यक्षमा कांग्रेसकै प्रेमा बुढाथोकी बिजयी हुनुभएको छ ।

त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका प्रकाश विष्ट र उपाध्यक्षमा नेकपा एमालेका कमलापती चौधरीले जित हासिल गर्नुभएको छ । यसैगरि दंगीशरण गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पिमा वली खड्का हुनुभएको हो ।

यस्तै राजपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका शरद बुढाथोकी र उपाध्यक्षमा धनपतीदेबी यादब बिजयी हुनुभएको छ । यस्तै गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्रका यम नारायण शर्मा र उपाध्यक्षमा नेपाली काँग्रेसका शारदा कुमारी चौधरीले जित हासिल गर्नुभएको छ । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाको मतगनणा जारी रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस