नेकपा एमाले केन्द्रिय सदस्य सिद्धिकिद्धारा मतदातालाई धन्यबाद ज्ञापन

नेकपा एमालेकाकि केन्द्रिय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनकि लुम्बिनि प्रदेश सहसंयोजक साजिदा सिद्धिकिले मतदातालाई धन्यवाद ज्ञापन गरेकि छिन । मतदान सकिए लगत्तै सामाजिक संजालमा विज्ञप्ति जारी गर्दै सिद्धिकिले नेकपा एमालेलार्ई मतदान स्थलसम्म आएर मतदान गर्ने सम्पूर्ण मतदाता, शुभचिन्तक प्रचार प्रशारमा रात दिन खटिनुहुने सम्पुर्ण पार्टिका नेता कार्यकर्ता लगाएत सहयोग गर्ने सबैप्रति धन्यवादन ज्ञापन गरेकि हुन ।

त्यसैगरी स्थानिय तहको निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदानमा सहभागी हुने मतदाता, सुरक्षाकर्मी, मतदान अधिकृत, कर्मचारी, पर्यवक्षक, संचारकर्मी, राजनीतिक दल, स्वयमसेवक, अधिकारकर्मी सबैप्रति आभार प्रकट समेत गर्नुभएको छ ।
एमाले नेतृ सिद्धिकि एक संघर्षशिल महिला हुन र उनि २० बर्ष देखि सामाजिक क्षेत्रमा काम गर्दै आएकि छिन । जसको फलस्वरुप नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएकि छिन । केन्द्रिय सदस्यको हैसियतले उनले सम्पुर्णमा धन्यबाद ज्ञापन गरेकि हुन ।