बालबालिकालाई चुनाव प्रचारप्रसारमा प्रयोग नगर्न अपील
दाङ । बैशाख ३० गते आउँदै गरेको स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दहरुले बालवालिकालाई चुनाव प्रचारप्रसारमा नलाउन, नजान तुलसीपुर उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
उपमहानगर पालिकाले बालबालिकालाई कुनै पनि राजनीतिक दलहरूले निर्वाचनमा प्रयोग नगर्न लागि अनुरोध गरेको हो । महिला बालवालिका तथा सामाजिक शाखा र नगर बाल अधिकार समितिले सयुक्त रुपमा बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने वा आमसभा, जुलुस, धर्ना, चक्काजाम नगर्न नगराउन अपिल गरेको छ ।
साथै नेपाल सरकारले जारी गरेको ऐन नियमको परिधि भित्र रहि कार्य गर्न अनुरोध गरेको छ । बालवालिकालाई राजनीतिक प्रयोजनका लागि विभिन्न कार्यमा प्रयोग गर्दा उनिहरुको मानसिकतामा समेत नकारात्मक असर पर्ने हुँदा यस्तो खालको गतिविधिमा समावेश नगर्न र नराउन सबैमा आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस