स्थानीय तह निर्वाचनको रौनक

‘कतै सभा, कतै भेटघाट’

दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरुले उम्मेद्वारी दर्ता गराएसँगै चुनावीमा रौनक गाउँदेखि शहरसम्म उत्तिकै बढेको छ । उम्मेद्वार, नेता कार्यकर्ताहरु चोकदेखि चौतारासम्म जमघट तथा सभाको लहर चलेको छ । उम्मेद्वार तथा दल नेताहले मतदाता तथा आफ्ना कार्यकर्ताको घरदेलौ भेटघाटलाई पनि तिव्रता दिइरहेको छन् । सबै दलका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरु चुनावी गतिविधिमा केन्द्रीत छन् । कहिले गाउँ तँ कहिले शहर कहिले सभामा तँ कहिले घरदैलोमा क्रम चलिरहेको छ । कार्यकर्ता तथा मतदाताहरुले आफ्ना नेता तथा उम्मेद्वारहरुलाई फूलमाला तथा अबिर लगाई उत्साह भर्ने काम गरिरहेका छन् ।

शुक्रबार चुनावी कार्यक्रम अन्र्तगत घोराही उपमहानगरपालिका वडा नं. ५ धर्नामा पुगेका गठबन्धनका उम्मेद्वार तथा नेता कार्यकर्ताहरुलाई स्थानीय मतदाता, नेता तथा कार्यकर्ताहरुले निकै उत्साहका साथ स्वागत सम्मान गरे । उक्तसभामा स्थानीय मतदाता तथा नेता कार्यकर्ताहरुको सहभागी पनि निकै उत्साहपूर्ण थियो । घोराही उपहानगरपालिका आसन्न निर्वाचनका लागि गठबन्धन तर्फका मेयर पदका उम्मेद्वार हेमराज शर्मा पोख्रेल र उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगी चुनावी प्रचारप्रसार तथा मतदाता भेटघाटको दौडधुप तिव्रता दिदै उपमहानगरको विभिन्न वडाहरुका गाउँ गाउँमा धाउदै आइरहेका छन् । चुनावी सभा तथा मतदाता भेटघाटका क्रममा उम्मेद्वार द्वयले जनताको आधारभूत आवश्यक पहिचान गर्दै उपमहानगर सु–व्यवस्थित बनाउन प्रतिबद्धता समेत राख्ने बताए ।

संयुक्त चुनाव प्रचारप्रसार समिति घोराही ५ धर्नामा राखेको सभालाई सम्बोधन गर्दै गठबन्धनका मेयर पदका उम्मेद्वार हेमराज शर्माले जनता प्रत्यक्ष अनुभूत गर्ने गरी हरेक ग्रामिण क्षेत्रको विकासमा योजनाबद्ध नमूना काम गर्ने, ‘संघीयताले दिएको अधिकार गाउँ गाउँमा सिंहदरवार’ सार्थक बनाउने विश्वास व्यक्त गरे । त्यस्तै उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगीले उपमहानगर विकासमा प्रतिगमनकारीहरुले विभेदकारी योजनका साथ गरेकाले त्यो विभेदकारी योजना हटाउँदै समान विकासको अवधारणा र योजना लागु गर्ने विश्वास व्यक्त गरे ।

‘गठबन्धनको सत्ताका लागि होईन’
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सत्ताको लागि नभई संविधान र मुलुकको समृद्धिका लागि रहेको बताए । संयुक्त प्रचारप्रसार समिति घोराही उपहानगरपालिका वडा नं. १० ले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि महराले यस्तो बताए । प्रतिगमनकारी षडयन्त्रपूर्वक संविधान मास्ने काम गर्न खोज्दै गर्दा गठबन्धनको जन्म भएको उनको भनाई थियो । उनले भने ‘जति बेला मुलक संटकको स्थितीमा पुग्छ । तव लोकतन्त्रवादी शक्तिहरु एकताको सुत्रमा बाँधिदै मुलुकको रक्षाका लागि उभिन्छ ।’

त्यस्तै उक्त कार्यक्रममा संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका नेता राजु खनालले प्रतिगमनकारीहरुको सर्वसत्तावादका कारण विपरित ध्रुवका शक्तिहरु मुलुकको स्वाधिनता र संविधानको रक्षाका लागि एक ठाँउमा उभिएको बताए । कार्यक्रममा नेकपा माओवादीका नेता तथा पुर्वमन्त्री रेखा शर्मा, मेयर पदका उम्मेद्वार हेमराज शर्मा पोख्रेल (डायमण्ड), उपमेयर पदका उम्मेद्वार भुपबहादुर डाँगी, वडाका पदका उम्मेद्वार दीपक पाण्डे लगायकाले बोलेका थिए ।

‘मुलुक फेर्ने अभियानमा गठबन्धन’
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रेखा शर्माले सत्तारुढ गठबन्धनको अभियान नै मुलुकको समृद्धि र विकासको लक्ष्य तय गरेको बताउनुएको छ । घोराही १६ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले यस्तो बताए ।

संयुक्त प्रचार कार्यालयको उद्घाटन
आसन्न स्थानीय तहको निर्वाचनका चुनावी मैदानको उत्रिएको गठबन्धन दलहरु शुक्रवार घोराही १४ मा संयुक्त चुनावी प्रचार प्रसार कार्यालयको उद्घाटन गरेका छ । उक्त कार्यालयको उद्घाटन गठबन्धन तर्फका मेयर हेमराज शर्मा पोख्रेल र उपमेयर पदको उम्मेद्वार भुपबहादुर डाँगीले गरेका हुन् ।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस