कम्फर्टेबल गठबन्धनले राष्ट्रिय हितको लागि काम गर्दैन् : महासचिव पोखेरल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको गठबन्धन कम्फर्टेबल वालाहरूको हुँदा यसले राष्ट्रिय हितको लागि काम गर्ने आरोप लगाए । बिहीबार प्रेस चौतारी दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले यो गठबन्धनले विदेशी हितको प्रतिनिधित्व गर्ने बताए ।
उनले अहिलेको गठबन्धन सत्ता टिकाउने स्वार्थमा लागेका कारण नै चुनावी गठबन्धन गरेको बताए । अहिलेको सरकारको कुनै उद्देश्य, गन्तव्य र लक्ष्य नभएको भन्दै उनले यो गठबन्धन केका लागि भनेर कसै जवाफ दिन नसक्ने र मात्र एमालेलाई रोक्नका लागि भनेर भन्ने गरेको बताए ।
उनले गठबन्धनले जसरी हुन्छ, नेताका टाउकाहरू जोडेर जनादेशलाई रोक्न लागेको पनि बताए । उनले आफूहरू नेताका टाउका जोडेर भन्दा पनि जनताको विश्वास गरेर शासन गर्न चाहेको पनि उल्लेख गरे । उनले निर्वाचन लोकतन्त्रको नियमित प्रक्रिया भएयता पनि अहिले स्थानीय तहको निर्वाचन नियमित भन्दा पनि फरक प्रकार बन्न पुगेको बताए ।
उनले निर्वाचन भनेको जनताको भावनाहरू प्रकट गर्ने माध्यम भएको पनि बताऐ । उनले सत्ता गठबन्धनले निर्वाचन गर्नु पर्छ भन्दा पनि सार्नको लागि बाहना खोजेको आरोप लगाए । उनले भने,‘ निर्वाचन सार्नको लागि गठबन्धन सरकारले अहिले अदालतमा मुद्दा हाल्ने त कहिले नेकपा विप्लव नेतृत्वलाई प्रयोग गरेर सार्न खोजेको थियो । सुनियोजित षड्यन्त्रमा सत्ता गठबन्धन लागेको भएयता पनि सबै प्रकारका षड्यन्त्रलाई चिरेर हामी निर्वाचन तर्फ बढेका छौँ ।’
अहिले स्थानीय तहको निर्वाचनमा सहभागिता उत्साहजनक रहेको भन्दै उनले राष्ट्रिय राजनीतिका विषयमा जुन पेचिलो बनेर आएको छ, त्यसको समाधानको लागि आफूहरू नयाँ जनादेशका माध्यमबाट जान लागेको बताए । उनले भने ,‘ विगतमा अदालतका माध्यम मुलुकको राजनीतिक फैसला जुन प्रकारको थालनी भएको थियो ।
राजनीतिलाई अदालतबाट प्रवेश गराउँन खोज्नु र अदालत राजनीतिमा प्रवेश गर्नु यो हाम्रो लोकतन्त्रले परिकल्पना गरेको कुरो होइन् । ’ उनले सत्ता गठबन्धनले त्यस प्रकारको परिस्थिति निर्माण गरेको भन्दै आज राजनीतिका मुद्दाहरू अदालतमा प्रवेश गरेका र अदालत राजनीतिमा प्रवेश गर्दा यो लोकतन्त्रका लागि हानिकारक पक्ष भएको उल्लेख गरे ।