आयोगले पठायो २२ जिल्लामा ३४ लाख मतपत्र

दाङ । निर्वाचन आयोगले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म छापिसकेका मतपत्र २२ जिल्लामा पठाएको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट ट्रकमार्फत वैशाख १३ र १४ गते २२ जिल्लामा ३४ लाख प्रति मतपत्र पठाइएको छ ।
वैशाख १३ गते कणाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा मतपत्र पठाइएको थियो । आयोगका अनुसार आजसम्म १ करोड ८७ लाख ९ सय ८८ प्रति मतपत्र छापिइसकेको छ ।
निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान छ । आयोगले यसअघि निर्वाचन सामग्रीको ढुवानी गरिसकेको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस