माओवादीले पनि टुङ्ग्यायो रोल्पामा उम्मेदवार

रोल्पा । गठबन्धन नहुने भएपछि नेकपा माओवादी केन्द्र रोल्पाले पनि सबै पालिकामा एकल उम्मेदवारहरु तय गरेको छ।

माओवादीले रोल्पा नगरपालिकामा प्रमुखमा पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीले उम्मेदवार बनाएको छ भने उपप्रमुखमा गीता आचार्यलाई उम्मेदवार बनाएको छ।

यस्तै वडाध्यक्षहरुमा क्रमशः १ मा खुमबहादुर थापा, २ मा प्रकाश डाँगी, ३ मा भरत विष्ट, ४ मा मित्रलाल गुरुङ, ५ मा टोपबहादुर नेपाली, ६ मा तुलबहादुर घर्तीमगर, ७ मा लालबहादुर घर्ती, ८ मा हर्कबहादुर डाँगी, ९ मा मिमबहादुर घर्तीमगर, १० मा मोतिलाल डाँगीलाई उम्मेदवार बनाएको छ।

यस्तै गाउँपालिकाहरुमा
सुनिलस्मृति गाउँपालिका               

अध्यक्ष- मनिराम बुढाथोकी 
उपाध्यक्ष- कुमारी थापा

लुंग्री गाउँपालिका                 
अध्यक्ष- भरत थापा 
उपाध्यक्ष…

सुनछहरी गाउँपालिका  
अध्यक्ष- धनबहादुर पुन
उपाध्यक्ष- ननकला घर्ती

परिवर्तन गाउँपालिका  
अध्यक्ष- शुकबहादुर बुढामगर    
उपाध्यक्ष- कलादेवि खत्रेनी

माडी गाउँपालिका            
अध्यक्ष- अमरसिंह घर्तीमगर    
उपाध्यक्ष- जयपुरी घर्ती

गंगादेव गाउँपालिका                
अध्यक्ष- विरबहादुर खत्री
उपाध्यक्ष…

त्रिवेणी गाउँपालिका  
अध्यक्ष- रेशम पुन
उपाध्यक्ष- भागीसरा खत्री

रुन्टीगढी गाउँपालिका  
अध्यक्ष- गोविन्द पुनमर 
उपाध्यक्ष- कौसिला जिसी घर्ती क्षेत्रीनी    

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस