उम्मेदवार मनोनयनको लागि यी कागजात आवश्यक

दाङ । आउँदो ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सी उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ ।
उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ । सरकारी सेवामा कार्यरत, निर्वाचन कसुरमा संलग्न भएर सजाय भोगेको दुई वर्ष नकाटेको, नैतिक पतन देखिने फौजदारी कसुर वा जन्मकैद हुने सजायमा अन्तिम फैसलाबाट सजाय पाएको व्यक्तिहरू उम्मेदवार हुन पाउँदैनन् ।
सङ्गठित अपराध र जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहको कसुरमा सजाय पाएर निश्चित अवधि पूरा नभएका व्यक्तिहरू पनि उम्मेदवार हुन नपाउने बताईएको छ ।
प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस