स्थानीय तह निर्वाचन : एमालेबाट तुलसीपुरमा वडाध्यक्ष पदमा केही पुरानै अनुहार

दाङ ।  यही वैशाख ३० गते हुन लागेको  स्थानीय तह निर्वाचनका लागि तुलसीपुर उपमहानगरमा नेकपा एमालेले अध्यक्षका पदका उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । तुलसीपुरका १९ वटै वडामा उम्मेदवारहरूको अन्तिम नाम सार्वजनिक गरिएको छ ।

उम्मेदवारहरू मध्ये अधिकांश वडामा निर्वाचित जनप्रतिनिधि र प्रत्यासी उम्मेदवारहरू दोहोरिएका छन् । नेकपामा एमालेको तर्फबाट तुलसीपुर १, ३, ४, १५ र १८ नम्बर वडामा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । वडा नम्बर १ को अध्यक्षमा लक्ष्मण भण्डारीको नाम टुंगो लगाइएको छ । भण्डारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तैगरि वडा नम्बर २ को अध्यक्ष पदमा भीम बहादुर योगी पुनः चुनाव लड्ने भएका छन् । यस अघि उनले कांग्रेसका वडा अध्यक्ष राजु आचार्यसँग पराजित भएका थिए । यस्तैगरि वडा नम्बर ३ को वडा अध्यक्षमा वीर बहादुर बिक, ४ मा बालकृष्ण राना पुनः दोहोरिएका हुन् । यसअघि उनीहरु दुवै जना एमालेबाट अध्यक्षमा पदमा निर्वाचित भएका थिए ।

त्यस्तै वडा नम्बर ५ को अध्यक्षमा पदम पोख्रेल ( जेठुकान्छु ) , वडा नम्बर ६ मा दुजमान भण्डारी चुनाव लड्ने भएका छन् । पोख्रेल नयाँ अनुहार हुन् भने भण्डारी तुलसीपुर ६ का वडा सदस्य हुन् । त्यस्तै वडा नम्बर ७ मा डिल्ली भण्डारी, ८ मा धर्म वली, ९ मा वामदेव न्यौपाने, १० मा यमराज केसी, ११ मा मान बहादुर रावत, १२ मा मान बहादुर केसी, १३ मा मोहन पौडेलको नाम टुंगो लगाएको छ । पौडेल २०६४ सालको निर्वाचनमा वडा अध्यक्षको प्रत्यासी उम्मेदवार हुन् ।

वडा नम्बर १४ मा कृष्ण बहादुर केसी, १५ मा लक्ष्मण चौधरीले लड्ने भएका छन् । १६ मा अमर खड्का, १७ मा लहरु चौधरी, १८ मा माधव वली, वली बहालवाला वडाध्यक्ष हुन्, भने १९ मा प्रेमनाथ योगी वडा अध्यक्षमा चुनाव लड्न लागेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस