पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची : डिजलको बढ्यो, पेट्रोलको घट्यो

काठमाडौँ  ।  भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ,’ निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले भने, ‘नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ३ अर्ब ७३ करोड नोक्सान छ ।’ यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस