२०८० असोज ७ गते आइतवार

माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले दिए राजीनामा

दाङ । माओवादी केन्द्रका दाङ जिल्ला इञ्चार्ज जीवन गौतमले आफूले घोराही उपमहानगरपालिकाले मेयर नपाउने निश्चित भएपछि पार्टीबाट राजीनामा दिएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका गौतमले सोमबार घोराहीमा पत्रकार सम्मेलन गरि पार्टीको साधारण सदस्य समेत नरहनेगरि राजीनामा दिएका हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट मेयरका उम्मेदवार थिए । अहिले पनि उनले घोराही उपमहानगरपालिका मेयरको दावी गरिरहेका थिए ।

तर, आफ्नो भागमा मेयर नपर्ने भएपछि उनले पार्टी परित्याग गरेका हुन् । नारायणकाजी श्रेष्ठ निकट मानिने गौतमले आफूलाई पार्टीले सहयोग नगरेको समेत आरोप लगाउँदै आएका छन् । साथै उनले माओवादीलाई गैर कम्युनिष्ट चरित्र देखाएको समेत आरोप लगाएका छन् । उनले माओवादी छोडेपनि कुनै पार्टीमा नजाने समेत बताएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस