दाङका चार पालिकामा नेकपा एसको अगुवा कार्यकर्ता भेला

दाङ । नेकपा एकिकृत समाजवादी पार्टीले दाङका चार पालिकामा अगुवा कार्यकर्ता भेला गरेको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गरेको अवस्थामा समाजवादीले अगुवा कार्यकर्ता भेलालाई तिब्रता दिएको हो । समाजवादीले जिल्लाका तुलसीपुर, घोराही, लमही र गढवामा अगुवा कार्यकर्ता भेला गरेको प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिए ।

तुलसीपुरमा एकिकृत समाजवादी पार्टीका तुलसीपुर नगर अध्यक्ष विष्णु थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज जोगबहादुर राणाको प्रमुख आतिथ्यतामा भेला भएको हो । त्यस अवसरमा केन्द्रीय सदस्य राणाले निर्वाचनमा पार्टीका उमेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नगर सह–सचिव रमेश परियारको स्वागत मन्त्व्यबाट कार्यक्रममा केन्द्रिय सदस्य हिराचन्द्र केसी, केन्द्रीय सदस्य अनारकली मियाँ, लुम्बिनी प्रदेश सदस्य अमित शर्मा, प्रेमबक्स मियाँ, दाङ जिल्ला उपसचिव डिल्ली डाँगी, जानका रेग्मी, केन्द्रिय सदस्य सल्लाहकार परिषदका सदस्य नारायण आचार्य, युवा संघ नेपालका जिल्ला अध्यक्ष हरिस गिरीलगायतले गठबन्धनका उमेदवारलाई सफल बनाउनुपर्ने बताए ।

यस्तै घोराहीमा नगर इन्चार्ज शोभा शाहको अध्यक्षता तथा पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष मेटमनी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ । घोराही उपमहानगरका अध्यक्ष गजेन्द्र सिंह खडकाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रदेश सदस्य रामप्रसाद चौधरी खिमबहादुर केसी, युवा संघका स्थायी कमिटी सदस्य प्रेम बुढालगायतले मन्तव्य राखेका थिए ।

यस्तै लमहीमा नगर अध्यक्ष भुमाण्डप केसी तथा केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासीको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेला गरिएको प्रचार विभाग प्रमुख कुमालले बताए । यस्तै गढवामा पार्टीका पालिका अध्यक्ष राधेश्याम थारु कुमालको अध्यक्षता केन्द्रीय सदस्य शारदा स्वणर्कारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यस्तै शान्तिनगरमा खम्बु जैसिको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । चुनावी गठबन्धनमा रहेको नेकपा एसले दाङमा एक उपमहानगरसहित चार पालिकामा दावि गरिरहेको छ । नेकपा एसले जितेको ठाउँमा शत प्रतिशत र एमालले जितेको ठाउँमा ५० प्रतिशत नेतृत्व पाउनुपर्ने पाटीले दावि गरिरहेको प्रचार विभाग प्रमुख कुमालले बताए । उनले नेकपा एसले सम्मानजनक अवस्थामामात्रै सहकार्य गरेर जाने जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस