राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी शनिबार दाङ आउने

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी शनिबार देउखुरीमा आउन लागेका छन् । जनमोर्चाको जिल्ला सभालाई सम्बोधन गर्न केन्द्रिय अध्यक्ष केसी देउखुरी आउन लागेका हुन् । राष्ट्रिय जनमोर्चा राप्ती गाउँ कमिटीले आयोजना गरेको विशाल सभालाई सम्बोधन गर्न अध्यक्ष केसी देउखुरी आउन लागेको जिल्ला अध्यक्ष गणेश आचार्यले बताए ।

स्थानीय तहको चुनाव नजिकिदै गएको अवस्थामा जनमोर्चाले चुनावी अभियानलाई तिब्रता दिएको छ । अध्यक्ष केसीले दिउँसो १ बजेतिर चुनावी विशाल सभालाई सम्बोधन गर्ने जिल्ला अध्यक्ष आचार्यले जानकारी दिए । विशाल सभामा उपस्थितिका लागि राष्ट्रिय जनमोर्चा दाङले सबैमा हार्दिक अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस