दाङका कुन वडामा कति मतदाता ? (बुथ अनुसार)

तुलसीपुर । दाङमा कुल चारलाख मतदाता रहेका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतपरिणाम अनुसार ४ लाख ९ हजार ९ सय मतदाता रहेका छन् । जसमा महिला बढि छन् । महिला मतदाताको संख्या दुइलाख ९ हजार ९९ छ, भने पुरुष मतदाताको संख्या २ लाख ७ सय ९९ रहेको छ । त्यस्तै दाङमा १५३ वटा मतदान स्थल तोकिएको छ, भने ४६१ मतदान केन्द्र तोकिएको छ ।

दाङमा सबै भन्दा बढि घोराही उपमहानगरपालिकामा मतदाता संख्या रहेका छन्, भने सबै भन्दा कम राजपुर गाउँपालिकामा रहेका छन् । घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेका छन् । जसमा पुरुष ५४ हजार दुईसय २१ र महिला ५८ हजार सातसय ७ जना रहेका छन् । त्यस्तै राजपुरमा १५ हजार ७ सय २३ मतदाता रहेका छन् । जसमा पुरुष ८ हजार चारसय ७ र महिला ७ हजार ३ सय १६ रहेका छन् । त्यस्तै तुलसीपुरमा एकलाख ७ हजार ६ सय ७७ मतदाता रहेका छन् । जसमा पुरुष ५२ हजार एकसय ३३ र महिला ५५ हजार पाँचसय ४३ रहेका छन् । त्यस्तै गढवामा २९ हजार ८ सय २ जना मतदाता रहेका छन् । जसमा पुरुष १५ हजार १ सय ९० रहेका छन्, भने महिला १४ हजार ६ सय ११ रहेका छन् ।

त्यस्तै दंगीशरणमा १८ हजार एकसय ६ जना मतदाता रहेका छन् । जसमा ८ हजार ८ सय ९९ पुरुष र ९ हजार दुईसय ७ जना महिला रहेका छन् । बबईमा २२ हजार एकसय ४४ मतदाता रहेका छन् । जसमा पुरुष १० हजार ९ सय ६२ रहेका छन् भने ११ हजार एकसय ८२ महिला रहेका छन् । त्यस्तै राप्तीमा ३२ हजार ३ सय २३ जना मतदाता रहेका छन् । जसमा १५ हजार ८ सयय ६२ पुरुष रहेका छन् भने १६ हजार ४ सय ६१ महिला रहेका छन् ।
त्यस्तै लमहीमा ३४ हजार ३ सय ८२ मतदाता रहेका छन्, भने १७ हजार ५३ पुरुष रहेका छन्, भने १७ हजार तीन सय २९ महिला मतदाता रहेका छन् ।

कुन स्थानीय तहमा कति मतदान केन्द्र ?
घोराहीमा ४० मतदान स्थल छन्, भने १२६ मतदान केन्द्र रहेका छन् । त्यस्तै तुलसीपुरमा ३३ मतदान स्थल रहेका छन्, भने एकसय १९ मतदान केन्द्र रहेका छन् । त्यस्तै दंगीशरणमा ८ मतदान स्थल रहेका छन् भने २१ मतदान केन्द्र रहेका छन् । बंगलाचुलीमा ११ मतदान स्थल छन्, भने १८ मतदान केन्द्र रहेका छन् । बबईमा ११ मतदान स्थल छन् भने २६ मतदान केन्द्र रहेका छन् । राजपुुरमा ८ मतदान स्थल छन्, भने १८ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै राप्तीमा १० मतदान स्थल छन्, भने ३५ मतदान केन्द्र रहेका छन् । त्यस्तै लमहीमा १३ मतदान स्थल छन्, भने ४० मतदान केन्द्र रहेका छन् । त्यस्तै शान्तिनगरमा ९ वटा मतदान स्थल छन्, भने २५ वटा मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस