गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा प्रयोग गरिरहेको गाडी फिर्ता

दाङ । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् ।

अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएपछि आफुहरुले प्रयोग गर्दै आएको सरकारी गाडीको साचो आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्तरण गरेका हुन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आचारसंहिता समेत लागू भएपछि आफुहरुले सरकारी गाडि फिर्ता गरेको उनहरुको भनाई रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस