घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा

दाङ । घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा छ । आज एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रुपमा घोषणा गरेको हो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का सबै सूचक, मापदण्ड, प्रकृया पूरा गरेकाले आजबाट घोराहीलाई बालमैत्री पालिका घोषणा गरिएको प्रष्ट पारे । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

बालमैत्री पालिका घोषणा गर्नुअघि विभिन्न विद्यालयका विद्यार्थीहरु, टोल विकास संस्थाका प्रतिनिधि, सरोकार निकायका प्रतिनिधिहरुको बृहत् र्याली निकालिएको थियो । बालमैत्री पालिका घोषणा समारोहमा बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस