तुलसीपुर ७ मा कांग्रेसबाट गौतमको उम्मेद्बारी घोषणा

दाङ । आसन्न स्थानीय निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बाट नेपाली कांग्रेसको तर्फवाट युवा नेता विमल गौतमले आज वडा अध्यक्ष पदमा उम्मदवारी घोषणा गरेका छन् ।
आज नेपाली कांग्रेस वडा नम्वर ७ ले आयोजना गरेको उम्मेदवारी घोषणा कार्यक्रममा गौतमले उम्मेदवारी घोषणा गरेका हुन । वडा इकाई सभापति ओमबहादुर वलिको अध्यक्षता तथा महाधिवेशन प्रतिनिधि टोपवहादुर केसीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्दै युवा नेता गौतमले वडाको चौतर्फि बिकास, वडालाई सूचना प्रविधिसँग जोडन, वडा कार्यालयको प्रशसनिक गतिविधिलाई चुस्त दुरुस्त पार्न, दलित, महिला, जनजातिहरुको क्षमता विकास गर्न, सिङ्गो उपमहानगरपालिकामा नेत्रृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफ्नो उम्मेदवारी रहेको वताए ।
आफुले यसअघि सामुदायिक वन, पत्रकारिता, निजी विद्यालय, युवा क्लवहरुमा नेत्रृत्वदायी भूमिका निर्वाह गरिसकेको भन्दै गौतमले पार्टीप्रतिको योगदान, शैक्षिक योग्यता, क्षमता, नेत्रृत्व क्षमता, व्यक्तित्व क्षमता, पारिवारिक पृष्ठभूमि, सिङो वडालाई हाक्न सक्ने क्षमता लगायतलाई आधार मानेर टिकटको निर्णय गर्न वडा, नगर र क्षेत्रिय समितिलाई आग्रह गरेका थिए ।
सो उम्मेदवारी घोषणा कार्यक्रममा रामबहादुर जिसी, प्रेमबहादुर केसी, नवेन्द्र गिरी, चिरिञ्निजि रिजाल, ओमबहादुर वलि र नन्दा जिसीले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।