पूर्वप्रधानमन्त्री खनाल दाङ आउने
दाङ । पुर्वप्रधानमन्त्री झलनाथ खनाल दाङमा आउने भएका छन् । नेकपा एकिकृत समाजवादीका नेतासमेत रहेका खनाल पार्टीको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि दाङको घोराहीमा आउने भएका छन् । नेता खनाल यहि चैत २१ गते सोमबार दिन घोराहीमा आउन लागेको पार्टीका प्रचार विभाग प्रमुख दिपक कुमालले जानकारी दिए ।
घोराहीका पुरानो बसपार्कको सभागृहमा संचालन हुन लागेको बृहत कार्यकर्ता भेलालाई नेता खनालले सम्बोधन गर्ने छन् । त्यस अवसरमा नेकपा एकिकृत समाजवादी दाङले शक्ति प्रदर्शन गर्ने प्रचार विभाग प्रमुख कुमालले बताए । जिल्लाका दश स्थानीय तह र एक सयवटै वडाबाट नागरिकको सहभागीता रहने उनले बताए ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न व्यक्तिलाई विभिन्न पदको जिम्मेवारीसमेत प्रदान गरिएको छ । चुणर्बहादुर वलीलाई, जनपरिचालन उपसमिति संयोजक, गुरुप्रसाद महरालाई संस्कृतिक संयोजक, पार्टीका जिल्ला अध्यक्ष शुरामनी बेल्वासेको संयाकत्वमा पार्टी प्रवेश समितिको जिम्मेवारी तोकिएको छ ।
यस्तै सचिवालय संयोजक प्रेम बुढालाई स्वयसेवक परिचालन समिति संयोजक, जिल्ला उपाध्यक्ष शोभा शाखालाई मञ्च व्यवस्थापन समितिको संयोजक, जिल्ला उपसचिव डिल्ली पुनलाई आर्थिक समिति संयोजक र प्रचार विभाग प्रमुख दिपक कुमाललाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यक्रमलाई भव्यरुपमा सफल बनाउनका लागि तयारीलाई तिब्र पारिएको प्रचार विभाग प्रमुख कुमालले बताए ।