जम्बो टोलीसहित प्रधानमन्त्री देउवा दिल्ली जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री देउवा आज अपराह्न नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् ।
भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भारत बसाइको क्रममा प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्नुहुने भएको छ ।
भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात निर्यात, सीमा विवादलगायतका विषयमा छलफल गर्ने तयारी रहेको छ । यद्यपि परराष्ट्र मन्त्रालयले भने भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।
प्रकाशित मिति : २०७८ चैत्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस