एकीकृत समाजवादी क्षेत्र नम्बर ३ को भेला सम्पन्न

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको क्षेत्र नम्बर ३ को भेला आज तुलसीपुरमा भएको छ । क्षेत्रिय अध्यक्ष मित्रलाल बाग चन्दको अध्यक्षता केन्द्रीय सदस्य तथा दाङ जिल्ला सह ईन्चाज हिरा चन्द्र केसीको प्रमुख आतिथ्यतामा भेला भएको छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य भुपबहादुर केसी, जिल्ला उपाध्यक्ष चुर्णबहादुर वली, संगठन बिभाग प्रमुख डिल्ली डाँगीले मन्तब्य राखेका थिए । त्यस अबसरमा पालिकाका प्रमुखहरूले आफ्नो पालिकाको रिपोर्टिङ राखेका छन् ।

जिल्ला सह सचिव जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य शिव नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस