मुलुक अहिले माओवादीको एजेण्डामा चलेको छ : पूर्वमन्त्री शर्मा

दाङ । नेकपा माओवादी केन्द्रका वरिष्ठ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माले मुलुक अहिले माओवादीको एजेण्डामा चलेको बताइन् ।  गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिकको एजेण्डा माओवादीको भएको उनले बताइन । ‘अहिले देश माओवादीको एजेण्डामा चलेको छ, माओवादीको दश वर्षे जनयुद्ध हुँदैन थियो भने अहिले देशमा सामन्ती शासन चल्ने थियो,’ उनले भनिन्, ‘अब पनि मुलुकलाई सही ढंगले अगाडि बढाउनका लागि मुलुकको नेतृत्व माओवादीले गर्नुपर्छ ।’ माओवादीको नेतृत्वमा मात्र मुलुकको आर्थिक समृद्धि हुने उनको भनाई छ ।

उनले माओवादी कार्यकर्ताहरू ठूलो त्याग र बलिदानका बाबजुद निर्माण भएको भन्दै ससाना लोभ देखाउँदैमा दायाँबायाँ लाग्न नहुने बताए । नेकपा माओवादी केन्द्र लमही नगर कमिटीले आयोजना गेरको वैचारिक प्रशिक्षण कार्यक्रममा पूर्व सामान्य प्रशासन मन्त्री शर्माले माओवादीका एकाध कार्यकर्ता वैचारिक विचलन देखाएर आन्दोलनबाट प्राप्त उपलव्धता गुमाउने लाइनमा जाने चेष्टा गरे पनि उहाँहरु माओवादीमै फर्कने विश्वास व्यक्त गरिन।

जनताको समस्याबाट माओवादी कहिल्यै नभाग्ने भन्दै उनले विरोधी दलले खरिद  गर्न सकिन्छ की भनेर नसोच्न चेतावनी दिए । उनले भनिन्, ‘जनयुद्धको भट्टीबाट खारिएर आएका हामीहरू पैसा पदमा बिक्दैनौ, हामी सच्चिनु पर्ने ठाउँ छ, सच्चिन सक्छौँ ।’

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस