बंगलाचुलीमा गाउँपालिकाद्वारा संचालित बंगलाचुली अस्पतालको उद्घाटन

कमिरेचौर । पुर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराले बंगलाचुली गाउँपालिकाद्वारा संचालित बंगलाचुली अस्पताल भवनको उद्घाटन गरेका थिए । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवं पुर्व सभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महराको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको हो ।

सो अवसरमा बोल्दै पूर्व सभामुख महराले बंगलाचुली अस्पतालले जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा पुराउनका लागि सबैको ध्यान जान आवश्यक रहेको बताए । उनले बंगलाचुली अस्पतालको गुणस्तरिय सेवाका लागि आफ्नो पनि ध्यान जाने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महराले बंगलाचुलीको विकासका लागि आफुले धेरै गरेको बताए । साथै उनले बंगलाचुली गाउँपालिका आफ्नो घर जस्तो रहेको भन्दै यहाँको विकासका लागि आफुलाई नैकुरेर बसेको भन्दै बंगलाचुलीको विकासका लागि आफुले कुनैपनि कुरामा कमिहुन नदिने बताए ।

पुर्व समभुख समेत रहेका महराले बंगलाचुली प्राकृतिक चिकित्साको उत्तम थलोरहेको बताए । बंगलाचुलीको प्रकृतिलेनै बिरामीको आधारोग निको हुने बताउँदै यहाँ एउटा प्राकृतिक चिकित्साको शाखा पनि खोल्न पनि अनुरोध गरे ।

गत बर्षको चुनावमा आफुले जनताको माझमा गरेको बाचा घोराही मुर्कुटी सडक खण्ड कालोपत्रे गर्ने काम गरेको तर अहिले सिमेन्ट खानीका कारण केही समस्या रहेको बताए । अहिले सडकको अवस्था सुधारका लागि विभिन्न तहमा छलफल चलिहरको र समस्या छिटै समाधान हुने उनकाले जानकारी गराए ।

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पाण्डे ,गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक शोभाराज विक, नेपाली कांग्रेसका सभापती जागेश्वर अधिकारी, नेकपाका भिमबहादुर राना, राष्ट्रिय जनमोर्चाका अध्यक्ष सुमन घर्ती, निर्माण व्यवसायी विष्णु गौतमलगायतले बोलेका थिए ।

उद्घाटन कार्यक्रममा वडा नम्वर २ का अध्यक्ष मेघबहादुर राना, ४ का अध्यक्ष नारायण डाँगी, ५ का अध्यक्ष यनुराज खत्री, ७ का अध्यक्ष गिर बहादुर थापा, कार्यपालिका सदस्या, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य , दाङ जिल्ला संयोजक तुलसीराम पुन, बंगलाचुली गाउँपालिका लेखा अधिकृत नारायण प्रसाद आचार्य , बंगलाचली अस्पताल कमिरेचौरका डाक्टर बसन्त शाह, सुचना अधिकृत गोपाल केसी ,नेकपा माओवादी केन्द्र बंगलाचुली अध्यक्ष डोमाकान्त कवर, नेपाल रेडक्रस सोसाइटी कमिरेचौर सभापति चुरामणि नेपाली, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य स्वयसेवीका, आमासमुह, स्थानीय अगुवा व्यक्तिहरुको उपस्थित रहेको थियो । बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापा घर्तीमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस