समाजवादीकाे १५ दिने अभियान सुरू

दाङ । नेकपा एकिकृत समाजवादी दाङले चुनाव लक्षित कार्यक्रमलाई तिब्र बनाउने भएको छ । पार्टीको बिहीबार (आज) घोराहीमा बसेको तेस्रो पूर्र्ण बैठकले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार दाङमा पनि १५ दिने चुनाव विषेश कार्यक्रमलाई तिब्र बनाउने भएको हो ।
पार्टीका एजेन्डा र पार्टीलाई थप बलियो बनाउन ऐजेन्डालाई नागरिक माझ पु¥याउन १५ दिने चुनाव लक्षित कार्यक्रम शहरदेखि गाउँसम्म संचालन गर्ने नेकपा एस दाङले जनाएको छ । जिल्लाका दशवटै स्थानीय तहका सबै वडामा पार्टीको आगामी कार्यदिशा र संगठन विस्तार अभियानलाई तिब्रता दिने निणर्य गरेको नेकपा एस दाङका अध्यक्ष सुरामणी बेलवासेले जानकारी दिए ।
यस्तै बैठकले प्रचार विभाग प्रमुखको जिम्मेवारी दिपक कुमाललाई प्रदान गरेको छ । जिल्ला अध्यक्ष बेलवासेको अध्यक्षता तथा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
त्यस अवसरमा पोलिटव्युरो सदस्य चौधरीले पार्टीलाई बलियो बनाउनका लागि संगठन विस्तार तथा प्रचारप्रसारलाई तिब्र बनाउन आग्रह गरे । उनले पार्टीलाई आगामी नेतृत्वमा सफल बनाउनका लागि गाउँदेखि शहर र सहरदेखि गाउँसम्म पार्टीका गतिविधिलाई चलायमान बनाउन निर्देशन दिए ।