निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया

दाङ । निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया आज दाङको घोराहीमा भईरहेको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रदेश निर्वाचन कार्यालय, न्यायाधीश, अधिवक्ता, संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, प्रहरी, प्रशासन, पत्रकारलगायतको विशेष उपस्थितिमा कार्यक्रम भईरहेको छ ।
निर्वाचन आगोगका आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षता तथा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दिक्षितको प्रमुख आतिथ्यमा भईरहेको छ ।
निर्वाचन आचार संहिताका प्रमुख विषयहरु र सरोकारवालाहरुको भुमिकाबारे प्रधानमन्त्रीको कार्यालयका सचिव धनराज ज्ञवालीले प्रस्तुति राख्ने छन् भने स्थानीय सरकार निर्वाचनको खर्च र प्रचार प्रसारका बारे पनि अवगत गराउने छन् ।
यसैगरी, निर्वाचन आचार संहिताको कार्यान्वयन तथा अनुगमन बारे निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले जानकारी गराउनु हुने भएको नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी दिए ।
निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरिसकेकाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित, मर्यादित र कानुन सम्मत रुपमा सम्पन्न गराउन सरोकारवालाहरुसँग राय सुझाव संकलन र आचार संहिता पालना गर्न अपिल गर्दै आएको छ ।
स्वागत न्याय परिषद सदस्य पदम वैदिकको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको उद्देश्य माथि प्रकाश र सहजीकरण हेमा न्यौपानेले गेकी थिइन् ।