वडा अध्यक्षले गरे पाँच बर्षका उपलब्धि सार्बजनिक

गढवा । देउखुरीको गढवा गाउँपालिका वडा नंं. १ का वडा अध्यक्ष बाबुराम अधिकारीले दाङ जिल्लामै नयाँ अभ्यास गरेका छन् । अधिकारीले निर्वाचन जितेर वडा अध्यक्ष भएपछि आफ्नो वडामा गरेका कामहरु सोमबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेका हुन् । स्थानीय निर्वाचन नजिकिदै गर्दा जिल्लामै पहिलो पल्ट थालीएको यो अभ्यास अन्य पालिकाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुकै लागि पनि सिकाईको विषय बन्न सक्ने अनुमान गरिएको छ ।

अध्यक्ष अधिकारीले पाँचबर्षे कार्यकालमा आफूले निर्वाचनको समयमा घोषणा पत्रमा बाचा गरेका कामहरुको समिक्षा गर्दै करिब–करिब ८० प्रतिशत पूरा गरेको पत्रकारहरु सँग बताएका हुन । उनले आफू निर्वाचित भएपछि ३ महिना नबित्दै छोरा गुमाएको र त्यसको ११ दिनपछि आमा समेत गुमाएको पिडा ब्यक्त गरे । पारिवारीक पिडा हुदा हुँदै पनि आफ्नो वडाको बिकास र समृद्धिका लागि अधिकारीले गाउँपालिका, प्रदेश र केन्द्रमा पहल गरि बजेट पारेर धेरै कामहरु गरेको कार्यक्रममा बताएका हुन ।

चुनावमा २२ वटा प्रतिवद्धता गरेको थिए, बिभिन्न चुनौती र अप्ठ्याराहरुलाई चिर्दै करिब पूरा गर्न सफल भएको छु–उनले बताए । आफ्नो वडामा खानेपानीको निकै समस्या भएको अवस्थामा जिल्ला खानेपानी कार्यालयसंगको समन्वय सहकार्यमा करिब ८÷९ करोडको बजेट तानेर सबैजसो बस्ति र टोलहरुमा खानेपानीको समस्या पुरा गर्ने प्रयत्न गरेको उनले बताए । पाँचबर्षै कार्यकालमा बिद्युत्तको पहुँच नभएको टोल बस्तीहरुमा बिद्युत्त पुगेको अधिकारीले बताए । आम्दा र गाउँपालिकासंगको सहकार्यमा वडा नं. १ के कालाकाटेमा सामुदायिक स्वास्थ्य इकाई भवन बनाएर कर्मचारी ब्यवस्थापन गरि स्वास्थ्य क्षेत्रलाई बलियो बनाएको, गोबरडिहा स्वास्थ्य चौकीको भौतिक बिकास गरेको, निःशुल्क एमबुलेन्स सेवा, सुत्केरी पोषण भत्ता, आमा समूह, स्वास्थ्य ब्यवस्थापन समिति र महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि बिभिन्न अभिमुखिकरण गरिएको उनले बताए ।

बिपन्न र सिमान्तकृत वर्गका नागरिकहरु बसोवास गरेको यस वडामा छात्रबृत्ति, डे«स वितरण र स्वयंसेवक शिक्षकहरुलाई ब्यवस्थापन गरिएको र सबैजसो बिद्यालयहरुमा भौतिक पुर्वाधार, नेट इण्टरनेटको पहुँच बिस्तार गरिएको छ । जनता माध्यमिक विद्यालय कालााकाटेको कम्पाण्ड वाल, भवन निर्माण, रङसिङ आधारभूत बिद्यालयमा तटबन्धन, भवन निर्माण र फिल्ड ब्यवस्थापन, बडहरा बनधुस्रीका बिद्यालयहरुमा भौतिक तथा शैक्षिक बिकासका कामहरु भएको उनले बताए । किसानहरुका लागि सिँचाईको क्षेत्रमा वनवारी, धानखोला तथा चिसापानीमा पक्कि कुलोहरु निर्माण गरी सेवा बिस्तार गरेको, बिभिन्न खहरे खोलाहरुमा तटबन्धन गरि मानव वस्ती संरक्षण गरिएको, कालाकाटेमा वसपार्क निर्माण र जुरौनीमा वाल उद्यान निर्माणको कामले गति लिईरहेको अधिकारीले कार्यक्रममा जानकारी गराएका हुन ।

गढवा गाउँपालिकाका प्रबक्ता समेत रहेका अधिकारीले आफ्नो पाँचबर्षे कार्यकालमा भौतिक निर्माणतर्फ धेरै कामहरु भएको पत्रकारहरुसँग बताए । राजमार्गसंग जोडिएका ४ वटा टोलहरु बहेक झण्डै एक दर्जन बस्ति टोलहरुलाई सडक सञ्जालले जोडेको, वनवारी, मलमला, धोद्रे, जुरौनी र कालाकाटेका भित्री सडकहरु क्रमशः कालोपत्रेको काम सुरुवात गरेको,सडकका नयाँ टे«याकहरु बिस्तार गरिएको, शहरी बिकास कार्यक्रम अन्तर्गत जुरौनी–चिसापानी हँुदै रङसिङ र धानखोलो जोड्ने सडक स्तरोन्नतिका लागि झण्डै २ करोडको ठेक्का भै सकेको, रङसिङ, राप्ती नदी र खहरे खोलाहरुमा तटबन्धनका काम गरेको र सबैजसो बस्तिहरुमा नेट तथा संचारको सुबिधा बिकास भएको पत्रकार सम्मेलनमा उनले जानकारी गराए ।

पर्यटन पुर्वाधार बिकास तर्फ धानखोलाको गुफा, ट्रस्ट तथा झोलुंगे पुल, कुलपानीमा पर्यटकीय स्थल बनाउन बिभिन्न निकायहरुसंग समन्वय सहकार्य गर्दै मन्दिर, ताल, पार्क, मुर्तिहरु, पिकनिक स्पटलगायतका कामहरु सम्पन्न भै आन्तरिक र बाह्य पर्यापर्यटनमा बृद्धि भएको अध्यक्ष अधिकारीले बताए । बेरोजगार र कुलतमा फसेका युवाहरुलाई खेलकुदको माध्यमबाट सतमार्गतर्फ लम्काएको, युवा तथा खेलकुदका कार्यक्रमहरुलाइृ निरन्तरता दिएको, लक्षित वर्गहरुका बिभिन्न कार्यक्रमहरु गर्दै सामाजिक सेवा प्रबाह गरेको उनले बताए । अपांगता भएका नागरिकहरुको परिचय पत्र बनाउने शिविर संचालन गरि सामाजिक सुरक्षा भत्तामा संलग्नता बढाएको, जेष्ठ नागरिक अभिनन्दन तथा ब्लाङ्केट वितरण, पिछडीएका वर्ग तथा मुस्लीम एवं थारु कुमाल समूदाय र महिला तथा वालवालीकाका बिभिन्न कार्यक्रमहरुमा सहयोग गर्दै लक्षित बर्गका नागरिकहरुमा सबैखाले कार्यक्रमहरु पुर्याएको उनले बताएका छन् ।

निर्वाचनमा बाचा गरेका करिब ८० प्रतिशत कामहरु पुरा गरेको छु,जनताले मलाई छाने र पार्टीले छान्यो भने एक कार्यकाल फेरी वडा अध्यक्ष बन्ने मन छ उनले बताए । नेपाल सरकारको सुरक्षित आवास संग वडा सरकारको समेत पहलमा खरका छाना हटाउने र भूमिहिन सुकुम्बासीहरुलाई जग्गाको मालिक बनाउन पालिकाको नेतृत्वमा जग्गा नापी गर्ने कार्यपनि एक नम्बर वडाबाटै सुरु भएको पत्रकार सम्मेलनमा अधिकारीले बताए । आगामी दिनमा आफूले पाँचबर्षे अवधिमा बिभिन्न निकायहरुसंग बजेट तानेर तथा वडाको पहलमा भएका कामहरुको पत्रकारहरुलाई स्थलगत अबलोकन गराउने कार्यक्रम समेत बनाएको उनले बताए ।

प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस