आयातीत वस्तु प्रतिस्थापन गर्ने मन्त्री शर्माको भनाई
रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माले आयातीत वस्तु प्रतिस्थापन गर्न नेपालको कृषि प्रणालीलाई रुपान्तरण गर्ने बताए । नेपाल पत्रकार महासंघ रुकुम शाखाले आज मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले आयातित बस्तु रोक्न कृषि क्षेत्रलाई प्राथमिक्तामा राखिएको बताए ।
देश बाहिरबाट विभिन्न वस्तुहरु आयात हुँदा देशको अर्थतन्त्र नै धरायसी बन्ने अवस्थाका कारण अर्थमन्त्रालयले बजेटको प्रारम्भिक चरणमा कृषि प्रणालीलाई उच्च प्राथमिक्तामा राखेको उनको भनाई छ । मन्त्री शर्माले कृषि, फलफूल तथा खाद्यान्न लगायत हरेक वस्तुको आयात बढ्दै जाँदा मूल्यमा समेत बृद्धि हुँदा महंगी बढेको बताए । त्यसलाई प्रतिस्थापन गर्न र स्वदेशमै आत्मनिर्भर बन्नका लागि कृषि क्षेत्र नै पहिलो प्राथमिक्तामा रहेको मन्त्री शर्माको भनाई छ ।
त्यस्तै पछिल्लो समय देशमा अबैध रुपमा भइरहेको हुन्डी तथा क्रिप्टो कारोबारले दिनहुँ करोडौ पैसा दुरुपयोग भएको बताए । यस्तो अवैध कारोबार रोक्न अर्थमन्त्रालय गहन रुपमा लागिपरेको उनले बताए ।