दंगीशरणमा वडा भवन र स्वास्थ्य भवन एकै साथ उदघाटन

दंगगीशरण । दाङको दंगीशरण गाउँपालिका ५ को नवनिर्मीत वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बिच वडा भवनको उद्घाटन गरिएको हो । लुम्बीनी प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजीत थारु र गाउँपालिका अध्यक्ष भागिराम चौधरीले रीवन काटेर तथा शिलालेख पढेर भवनको उद्घाटन गरेका हुन् ।

शिलालेखमा वडा भवन निर्माणका लागि जग्गादान गर्ने ब्यक्ती गोपाल खत्रीको नाम उल्लेख गरिएको छ । जग्गादाता खत्रीले ३ कट्ठा जग्गा दान गरेका हुन् । यस्तै वडा अध्यक्ष दिपक गौतमको कार्यकालमा वडा भवन निर्माण भएको भन्दै सदस्यहरु खिमबहादुर थापा, नवराज कुवर, निमा चौधरी, लिलावती नेपाली र वडा सचिव प्रेम प्रकाश चौधरीको नाम उल्लेख गरिएको छ ।

यसैगरी आधारभूत स्वास्थ्य सेवा केन्द्रको समेत उद्घाटन गरिएको छ । स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि बुद्धिराज उपाध्ययायले जग्गादान गरेका हुन् । उनले २ कट्ठा जग्गादान गरेका हुन्् । जम्मा ५ कट्ठामा वडा भवन र आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री थारुले स्वास्थ्य सेवा सुविधाका लागि स्वास्थ्यलाई प्रविधि मैत्री बनाउने बताए । नागरिकहरुको स्वास्थ्य समस्यालाई घरमै उपचार प्रदान गर्ने उद्देश्य अनुरुप हरेक स्थानीय तहमा स्वास्थ्य भवन निर्माण प्रक्रियालाई गति लिएकाले आगामी दिनमा स्वास्थ्यसँग जोडिएका हरेक मेसिन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस