अमृतपुर खानेपानीमा लोकतान्त्रिक प्यानल विजयी

तुलसीपुर । तुलसीपुर ३ मा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा लोकतान्त्रिक सयुक्त प्यानल बिजयी भएको छ । संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका उम्मेदवारहरु निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार चन्द्रकान्त खरेलले ११६२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी सयुक्त प्यानलको तर्फबाट भिमकान्त बस्याल (संगीत)ले १०४१ मत प्राप्त गरेका थिए । खरेलले १२१ मतान्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित भएको समितिले जनाएको छ ।

खरेल संस्थाको अध्यक्षमा छैठौ पटक निर्वाचित भएका हुन् । यस्तैगरी अन्य पदहरुमा पनि खरेलकै समुह विजयी भएका छन् । जसमा उपाध्यक्षमा केशवराज सापकोटाले १२५९, सचिवमा दशरथ वलीले १३६४, कोषाध्यक्षमा केशव बहादुर वलीले ९९०, सहसचिवमा कमलाकुमारी अधिकारीले १००७, सदस्यहरुमा नरबहादुर वली १०६५, लालबहादुर वली ८९५, अमृता शर्मा न्युरे १०२२ र सविता वलीले ८३५ मत पा्रप्त गरी विजयी भएको निर्वाचन समितिका सुशील काफ्लेले जानकारी दिए ।

यस्तैगरी बस्याल नेतृत्व समुहको तर्फबाट उपाध्यक्षमा विजयी कुमार मल्ल ६८२, सचिवमा रुप बहादुर खत्री ६५७, कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे ९१४, सहसचिवमा रक्षा काफ्ले ८०२, सदस्यहरुमा कान्तप्रसाद खरेल ६८१, गंगाधर गैरे ६९८, सिता कुमारी केसी ५६८ र भिमा खड्काले ५६७ मत प्राप्त गरेको काफ्लेले जानकारी दिए ।

यस्तैगरी महलिा सदस्य तर्फ स्वतन्त्र उम्मेदवार देवकुमारी वलीले २८४ मत प्राप्त गरेका थिइन् । निर्वाचन समितिद्धारा अन्तिम मतपरिणाम घोषणा गर्न बाँकी रहेको छ । संस्थाको तिन हजार १ सय ४६ मतदाता रहेकोमा शनिवार भएको मतदानमा दुई हजार तीन सय ६९ मत खसेको थियो । संस्थाको नयाँ नेतृत्वका लागि सहमती नजुटेपछि मतदान भएको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस