गृह जिल्ला रुपन्देहीमा कालो झण्डा देखाउनेलाई गृहमन्त्री खाँणको स्वागत

एमसीसीले राष्ट्रियतालाई बलियो बनाउछ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणलाई गृहजिल्लामै कालोझण्डाको सामना गर्नु परेको छ । रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा उनलाई जनमत पार्टीका कार्यकर्ताहरुले कालो झण्डा देखाएर बिरोध जनाएका हुन् । किसानहरुको हितलाई लिएर बिगत लामो समय देखी आन्दोलनरत् रहे पनि सरकारको ध्यानाकर्षण नभएको बताउदै जनमतका कार्यकर्ताले कालोझण्डा देखाएको बताए ।

कालोझण्डा देखाईए पनि खाँणले त्यसको सम्मान गरेको बताएका छन् । कार्यक्रमको सुरुमै सोही बिषयलाई सम्बोधन गर्दै उनले त्यो कालो झण्डा देखाउने अधिकार पनि नेपाली कांग्रेसले नै प्रदान गरेको उल्लेख गरे । “नेपाली कांग्रेसले बिरोध, असहमतिलाई सहजता पूर्वक लिन्छ, लोकतान्त्रिक शासन ब्यवस्थामा बिरोध गर्न पाईन्छ ।” खाँणले भने कार्य कार्यक्रममा बोल्दै उनले एमसीसी परियोजनाले राष्ट्रियता बलिया बनाउने बताए छन् । यसले नेपालको विकासमा ठूलो आधारशिला तयार गर्ने टिप्पणी गरे ।

रुपन्देहीको धकधईमा आयोजित कार्यकर्ता भेला एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा विजुलीको तारबाट अमेरिकाको सेना र गोलाबारुद नआउने प्रष्ट्याए । उनले सम्झौता गर्दा र पास गर्दा बडो सुजबुझसाथ गरिएको बताए । बाहिर बजारमा आएका हल्ला मात्रै भएको उनले बताए । एमसीसीकै अंगकारुपमा ब्याख्यात्मक टिप्पणी गरिएको छ । “मुलुक विकासका लागि गरिएको सम्झौता हो । यसमा अरु कुनै मनसाय छैन ।” खाँणले भने

खाँणले समाजमा ठूलो परिवर्तन आइरहेकाले यसलाई छेक्न नहुने बताए । उनले परिवर्तित समाजलाई बरु व्यवस्थित गर्दै लैजानु पर्नेमा जोड दिए । परिवर्तनका नाममा कसैको व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम भने गर्न नहुने उनले जनाए । सरकारको ध्यान वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रीत भएको गृहमन्त्री खाँणले बताए । उनले भने, ‘समाजमा भारी परिवर्तन भएको छ, समाज धेरै अगाडी बढेको छ, परिवर्तनलाई रोक्न, छेक्न सकिदैन, यसलाई व्यवस्थित गर्ने हो । ’उनले व्यक्तिगत महत्वकांक्षाले समाजमा द्वन्द्व निम्त्याउने काम गर्न नहुने बताए ।

कार्यक्रममा नेकपा एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव भोला क्षेत्री, रोहिणी गाउँपालिका कमिटी अध्यक्ष पवि क्षेत्री, नेकपा एमाले रोहिणी गाउँपालिका वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सहसचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खाँन लगायत ५ सय जना कांग्रेस प्रवेश गरेको क्षेत्र नमबर १ का क्षेत्रिय सचिव बैजनाथ सहानीले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाँण, केन्द्रिय सदस्य अब्दुल रज्जाक लगायतले बोलेका थिए ।ग्लोबल आवाजबाट

प्रकाशित मिति : २०७८ फाल्गुन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस