चुनावी तयारीबारे जानकारी दिन आयोगले बोलायो १७ पार्टीलाई

दाङ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन तयारीबारे छलफल गर्न राजनीतिक दलहरूलाई आयोगमा बोलाएको छ । आज बिहान साढे ११ बजे आयोगमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलका प्रतिनिधिलाई हालसम्म भएका प्रगतिबारे जानकारी गराउने कार्यक्रम छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १७ राजनीतिक दलका प्रतिनिधिलाई छलफलका लागि बोलाइएको हो । आयोगसँग दलका अपेक्षालगायत विषयमा पनि आज छलफल हुनेछ ।

आयोगले प्रत्येक राजनीतिक दलबाट दुई जनाका दरले प्रतिनिधि पठाउन भनेको छ । आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस