एमाले दाङको पूर्ण बैठक शुरु
दाङ । नेकपा एमाले दाङको पूूर्ण बैठक शुरु भएको छ । गत पुस २३ को जिल्ला अधिवेशन पश्चात पार्टीको पूर्ण बैठक बसेको हो । बैठकले आसन्न स्थानीय तहको निर्वाचनको तयारी, पार्टीको विभिन्न विभाग गठन तथा जिम्मेवारी बाँडफाँड तथा जिल्ला सदस्यमा मनोनित हुन बाँकी सदस्यको टुंगो लगाउने बताइएको छ ।
एमाले पार्टी कार्यालय भरतपुरमा बसेको बैठकमा जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व गर्ने नेता कार्यकताहरु उपस्थित रहको एमाले दाङका अध्यक्ष हुुकुुम बस्नेतले जानकारी दिए ।
कुल १ सय २१ सदस्यीय जिल्ला कार्यसमितिमा १० प्रतिशत मनोनित गर्नुपर्ने प्रावधानका कारण आजको बैठकले कमिटीलाई पूणर्ता दिने सम्भावना रहेको एमाले दाङले जनाएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस