बिद्यालयका प्रधानाध्यापक ब्यवस्थापन र लेखा तालिम आज घोराहीमा सम्पन्न

घोराही । शिक्षा सुधारका लागि बिद्यालयका प्रधानाध्यापक ब्यवस्थापन र लेखा तालिम आज घोराहीमा सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १४ को आयोजनामा भएको ५ दिने तालिमको समापन भएको हो ।

वडाध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता भएको समापन कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिका सामाजिक बिकास महाशाखाका प्रमुख बिनोद गौतम रहेका थिए ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले बिद्यालय र सिकाईसंग सम्बन्धित हरेक कुरालाई सहजता पुर्वक अगाडि बढाउनु पर्ने बताए । तालिममा सिकेका कुराहरू ब्यबहारमा लागू गर्न उनको आग्रह छ ।

तालिममा १४ नम्वर वडा भित्रका संस्थागत र सामुदायिक गरि १८ वटा बिद्यालयको सहभागीता रहेको थियो । बालमन्दिर आधारभूत बिद्यालयका प्रधनाध्यापक बिष्णु भण्डारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस