दाङमा चुनावी तयरी तिव्र

दाङ । आगामी वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि मंगलबारबाट स्थगित गरेको छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन भईसकेपछि दाङसहित देशभरका निर्वाचन कार्यालयमा अहिले आन्तरिक काम भईरहेको छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । हालसम्म देशभर १ करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ । स्थानीय निर्वाचनको मिति तोकिएपछि राजनीतिक दलहरु पनि यसको तयारीमा जुटि रहेका छन् ।

यता, दाङमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ४ लाख भन्दा धेरै पुगेको छ । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले यही माघ २४ गतेसम्म संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको कुल संख्या चार लाख १४ हजार नौ सय ७० पुगेको जनाएको छ ।

१६ वर्ष उमेर पूरा भई नागरिकता लिएका दुई लाख ११ हजार नौ सय ५४ जना महिला, दुई लाख ३० हजार १४ जना पुरुष र दुईजना तेस्रो लिंगी गरी चार लाख १४ हजार नौ सय ७० जना मतदाता भएका छन् । स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगको निर्देशन अनुसार प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले चुनावी तयारीलाई तिव्र बनाउँदै लगेको छ ।

निर्वाचन आयोगले निर्वाचन हुनुुभन्दा कम्तिमा ९० दिनअघि निर्वाचन मिति घोषणा गर्न सरकारलाई बारम्बार दवाव दिईरहेका बेला मंगलबार मात्रै एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय भयो । यसपछि निर्वाचन आयोग र त्यस मातहतका कार्यालयले आन्तरिक तयारी शुुरु गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस