प्युठान नगरपालिकाको नगर शिक्षा शाखामा तालाबन्दी

प्युठान । प्युठान नगरपालिकाको नगर शिक्षा शाखामा ताला लगाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नगर शिक्षा शाखामा तालाबन्दी गरेको हो ।

आफ्ना मागहरु पूरा गर्न तर्फ प्युठान नगर शिक्षाले कुनैपनि चासो नदिएका कारण एक बिज्ञप्ती जारी गर्दै नगर शिक्षा शाखामा तालाबन्दी गर्नुपरेको अनेरास्ववियु प्युठानका अध्यक्ष जालबहादुर केसी जानकारी दिए । उनका अनुसार मुक्ति माध्यमिक विद्यालय रातामाटामा कार्यरत शिक्षक विष्णु पोखेललाई प्यूठान नगरपालिकाले विद्यालयको नियमित अध्यापन कार्यमा खटाउनुको साटो कार्यालयको आन्तरिक कामकाजमा खटाएको र हाल शिक्षा शाखा प्रमुखको जिम्मेवार समेत दिएको सन्दर्भमा शिक्षकलाई शिक्षण पेशामै नियमित खटाउनुपर्ने भन्दै अनेरास्ववियुले यहि माघ १८ गते दिन पत्रकार सम्मेलन मार्फत नगरपालिकालाई आग्रह गरेको थियो ।

परिवर्तित राज्य व्यवस्था अनुसार स्थानीय सरकार संचालनमा सम्बन्धीत सेवा क्षेत्र अनुसारका कर्मचारीहरुबाट नै कामकाज हुने कानुनी व्यवस्था छ । त्यसैले शिक्षक नियुक्ति भएका शिक्षकले विद्यालयमै पठनपाठनमा संलग्न हुनुपर्ने कानुनी व्यवस्थालाई राजनीतिक दलको आडमा गैरजिम्मेवार हुनु कानुनको उपहास भएको भन्दै शिक्षा शाखामा तालाबन्दी गर्नु परेको अध्यक्ष केसीले बताए । उनले सम्बन्धित निकायले आफ्ना मागहरुको तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने र नगर शिक्षा शाखामा लगाइएको ताला कसैले खोल्ने कोषिस गरेमा त्यसको जिम्मेवार सम्बन्धीत प्रशासन नै रहने बताए ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस