कांग्रेसद्वारा टोल इकाई अभियानलाई तिव्रता दिँदै

तुलसीपुर । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नंं। ३ इकाई समितिले टोल र गाँउ विस्तार अभियानलाई तिब्रता दिएको छ । नेपाली काँग्रेसको विद्यान अनुसार टोल, गाँउ अभियान अन्तगत मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ रानागाँउ टोल इकाई समिति विस्तार गरेको छ । भेलाले भक्त बहादुर महतराको अध्यक्षतामा ३६ सदस्य टोल इकाईं समिति गठन गरेको छ ।

जसको उपसभापतीमा देवबहादुर खड्का, पहल बहादुर डाँगी र सचिवमा सम्झना खत्री, नारायण डाँगी सहसचिवमा केशब गिरी, धर्म राज महतरा र कोषाध्यक्षमा गेहेन्द्र बहादुर घर्ती तथा सदस्यहरुमा बखान सिं गुरुङ, इन्दीरा खत्री, भिमलाल योगी, भिमराज योगी, लोक बहादुर वली, सिता श्रेष्ठ, गिता खड्का, डिल्ली कुमारी वली खत्री, नर बहादुर कठायत, सिता वि।क।, तुलसा वली, जानकी घर्ति, गुमा पुन, तेज बहादुर राना, रेखा खड्का, शेर बहादुर वली, जय प्रकाश वली, लेखराज महतरा, मोहनलाल बोहरा, चित्रकला रास्कोटी, पदम राना, पवित्रा महतरा, हेमन्ता पाण्डे, प्रेम महतरा, कमला वली, गिरीराज वली, सिता राना, ललीता वली कवारं चयन भएका छ्न ।

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ का इकाई सभापती भुपलाल वलीको अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधी कृष्ण कुमार गिरीको प्रमुख आथिथ्यतामा सम्पन कार्यक्रममा लुम्विनी प्रदेश प्रतिनिधी विष्णु मल्ल, पूर्व दाङ जिल्ला सदस्य चन्द्रकान्त खरेल, खेमलाल महतरा, मानबहादुर गुरुङ्ग, टोप बहादुर विश्वकर्मा, राजन खड्क९तर्ण०, श्यामराज महतरा, क्षेत्र नं। ३ प्रदेश ‘क’का सहसचिव राजेन्द्र महतरा, राजेन्द्र गुरुङ्ग उपसभापती जय बहादुर वली, वडा सचिव लक्ष्मण चन्द लगायतकाले संगठनलाई बलियो बनाउन टोल कार्यसमितिले मद्धत पुग्ने बताए ।

टोलमा हुने जघन्य उपराध न्यूनीकरणमा मद्धत र बस्तीहरुमा हुने दुःख सुखमा साथ दिने पाटी नेपाली काग्रेस भएको बताए । गठन भएका टोल इकाई समितिलेहरुले स्थानीय तहदेखि संघको निर्वाचनमा काँग्रेसलाई विजयी बनाउनको लागि महत्वपूर्ण भुमिका हुने बताए ।

इकाई उपसभापती रेशम प्रकाश मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्याक्रमको सहजीकरण वडा इकाई सचिव प्रेम तिवारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस