दाङमा मूल्यवृद्धि र एमसीसीबिरुद्ध अन्तर्कियाः एमसीसी कम्युनिष्ट बिरोधी अस्त्र

दाङ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एमसीसी समस्या र निकास विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जबसको आयोजनामा आज घोराहीमा एक कार्यक्रम बीच अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज शीतलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महंगीले जनताको ढाड सेकिरहेको बताए ।
यस्तै एमसीसीलाई संसदबाट पास गराउने र लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग बिस्तारै भारत मार्फत कब्जा गरि त्यो भूभागमा अमेरिकी सेना बसाल्ने र त्यसका लागि भारतको सहयोगमा अमेरिकाले यो परियोजना ल्याउन लागेको समेत उनको भनाई छ ।
कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) केन्द्रीय केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दिपक विष्टले गरेका थिए ।
प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस