गढवा गाउँपालिकाको चार वर्षे प्रगति सार्वजनिक

दाङ  ।  गढवा गाउँपालिकाले साढे चार बर्ष सम्म गरेका कामहरुको शुक्रवार पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लेखा अधिकृत शम्भुराज आचार्यले चालु आर्थिक बर्षमा भएको आम्दानी खर्च बिवरण सार्बजनिक गरेका थिए ।

उनका अनुसार विभिन्न शिर्षकको ७९ करोड ३५ लाख २९ हजार ६१३ रुपैया बजेट मध्य चालु खर्चतर्फको ४१ करोड ७५ लाख ७९ हजार ९४२ रुपैयाँ मध्य चालु आर्थिक वर्षको पौष मसान्त सम्म १२ करोड ८५ लाख ८२ हजार ६६४ रुपैयाँ अर्थात ३०.७३ प्रतिशत खर्च भएको छ । त्यस्तै उनले चालू खर्चमा काम धेरै भएयता पनि भुक्तानी दिएकाहरुलाई मात्र जोड्दा करिब ३१ प्रतिशत भएको समेत बताए । उनले कामहरु सम्पन्न भएयता पनि भुक्तानी नहुँदा सम्म खर्च नजोडिने भएकाले थोरै देखिए पनि काम धेरै भएको बताए । त्यस्तै पुंजीगतर्फको ३७ करोड ५९ लाख ४९ हजार ६७१ मध्यमा ५ करोड ४७ लाख ३३ हजार ३२५ रुपैयाँ अर्थात १४.१० प्रतिशत खर्च भएको समेत बताए ।

त्यसैगरी पशु शाखाले १८.५५ प्रतिशत महिला तथा बालबालिका शाखाले १३.९२ प्रतिशत  स्वास्थ्य शाखाले १०.४५ प्रतिशत र कृषि विकास शाखाले पुस मसान्तसम्म ७.२३ प्रतिशत बजेट खर्च  एको समेत बताए । त्यसैगरी वडाहरूमा वडा नं. ३ ले हालसम्म २५.८९ प्रतिशत , वडा नं. ७ ले २४.६ प्रतिशत, वडा नं. २ ले १३.०१ प्रतिशत, वडा नं. ५ ले ८.०६ प्रतिशत, वडा नं. ६ ले ७.५२ प्रतिशत, वडा नं.८ ले ६.५१ प्रतिशत, वडा नं. ४ ले  ६.०२ प्रतिशत बजेट खर्च गरी कार्य सम्पन्न गरेको समेत बताए ।

त्यस्तै गाउँपालिका अध्यक्ष सहजराम यादवले चार बर्ष अवधीमा भए गरेका कामहरुको सार्वजनिक गरेका छन् । उनले आफूहरु आएपछि धेरै काम गरेको भन्दै देउखुरी बिकासका दृष्टिले निकै पछाडी परेको गाउँपालिकामा धेरै विकास गरेका दाबी गरे । तत्कालीन राजपुर, बेला, गढवा, गंगापरस्पुर, गोबरडिहा र कोइलाबास गरि ६ वटा साबिकका गाबिसहरु मिलेर बनेको गाउँपालिकामा अहिले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत लगायतका विकास भएको भन्दै गढवा भौतिक बिकासले धेरै परिवर्तन भएको समेत बताए ।

गाउँपालिका भारतसंग सिमाना जोडिएको भएकाले नाका क्षेत्रमा विद्युत, सडक, स्वास्थ्य चौकी, विद्यालयको विकासमा धेरै काम गरेको उनको भनइ थियो । उनले आफूहरुको चार बर्षको अवधिमा केन्द्र, प्रदेश र स्थानीय सरकारको पहलमा गढवा गाउँपालिकाले बिकासका दृष्टिले निकै फड्को भन्दै बहुप्रतिक्षित लमही कोइलाबास सडक निर्माणले सार्थकता पाएको समेत बताए । त्यस्तै गाउँपालिकाको थप लगानीमा गढवा बजारको सडक दायाँ बायाँ २-२ मिटर थप चौडा गरिएको र राष्ट्रिय गौरबको आयोजना कालाकाटे–गढवा–राजपुर हुदै नेपालगंज जोड्ने हुलाकी सडक निर्माणको काम तिब्र गतिमा काम भइरहेको पनि बताए । त्यस्तै कोइलाबासको मुसीनाका र खबरी नाकाका बस्तिहरु गाउँपालिकाको बजेटबाट बजुली बत्तीको पहुँच पुगेको समेत बताए ।

उनले बिपद्को उच्च जोखिममा रहेको गाउँपालिकामा लअबधिमा सर्पदंश उपचार केन्द्रको भवन बनाएर सेवा सुचारु गरेको र दमकल खरिद गरेर आग लागि नियन्त्रणको सेवा सुचारु समेत बताए । त्यस्तै गाउँपालिकाले सुविधा सम्पन्न तिन तल्ले प्रशासकीय भवन तयार गरि सेवा सुरु गरेको र गाउँपालिकाका ८ वटा वडा कार्यालय भवनहरु निर्माणगरि सेवा संचालन गरेको पनि बताए । त्यस्तै वडानं. ६ मा गाउँपालिकाले ११ वटा सटरहरु निर्माण गरि नियमित आम्दानीको स्रोतका रुपमा भाडाँमा दिएको पनि बताए । त्यस्तै शिक्षाको क्षेत्रमो निःशुल्क शिक्षाको अबधारण अंगाल्दै शिक्षक स्वयंसेवक कार्यबिधिी बनाएर सबै जसो सरकारी बिद्यालयहरुमा निजी स्रोतका शिक्षकहरुलाई ब्यवस्थापन गरेको र वालबिकास सहजकर्ताहरुलाई संघ सरकारले उपलब्ध गराएको तलबमा ७ हजार थप गरि १५ हजार पुर्याएको समेत बताए ।

त्यस्तै सबै बिद्यालयहरुमा बिद्युतिय हाजिरी जडान भएको पुस्तकालय र इण्टरनेटको ब्यवस्थापनमा काम अगाडी बढाइएको उनको भनाइ थियो । त्यस्तै मुक्त कम्लहरी, बिपन्न सिमान्तकृत वर्गका बिद्यार्थीहरुलाई छात्रबृत्ति, नाका क्षेत्रका बिद्यर्थीहरुलाई डे«स तथा स्टेशनरी बितरण लगायतका कामहरु गरिएको पनि उनले बताए । त्यस्तै कोइलाबास र कोठरीमा नेपाल टेलिकमका टावर निर्माण भएको र आवश्यक स्थानहरुका मनिकापुर–कक्रहवा र खबरीनाकाका लागी टेलीकम टावर निर्माणमा समन्वय भै उनको भनाइ थियो । सबै वडाहरुमा स्वास्थ्य इकाइहरु स्थापना भै संचालनमा आएको र गढवाको स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पताल बनाउने गृहकार्यको डिपिआर पुरा भै टेण्डर समेत भै सकेको उनले बताए । गढवाको स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टर राखि सेवा संचालन गरिएको र सबै स्वास्थ्यचौकीमा ल्याव सहित २४ घण्टे प्रसुति सेवा र सुत्केरीहरुलाई निःशुल्क एमबुलेन्स सेवा सुचारु गरिएको उनले बताए ।

नेपाल सरकारले प्रदान गर्दै आएको सुत्केरी पोषण भत्तालाई स्थानीय सरकारले ३१ सय थप गरि ४ हजार ९ सय पुर्याएको समेत बताए । त्यस्तै कोइलाबासमा आँखा अस्पताल र भ्युटावर निर्माण भै संचालनमा आएका र मुसीनाका र खबरी नाकामा बिओपि भवन निर्माण संगै त्यहाँ पुग्ने सडकका टे«याक समेत खोलिएका उनले जानकारी दिए । यसैगरि गाउँपालिकाले सभाहल, कोसेलीघर, कालाकाटे र गढवामा वसपार्क निर्माण र ब्यवस्थापन, थारु कुमाल समुदायलाई माटोका भाँडा बनाउने आधुनिक भट्टी निर्माण, लोकसेवा आयोगका कक्षा संचालन,बिभिन्न सिपमुलक तालिमहरु संचालन गरि रोजगार प्रबर्धनका कार्यहरु संचालन गरेको पनि बताए ।

सुरक्षित आवास अन्तर्गत २२४ घरधुरीलाई जस्तापाता वितरणको काम अगाडी बढाइएको र जनता आवास तथा मुख्यमन्त्री कार्यक्रम मार्फत १४ जना अति अशक्त,बिपन्न र दलित नागरिकको आवास निर्माण गरिएका पनि बताए । त्यस्तै गाउँपालिकाका आठ वटै वडाहरुमा इन्टरनेटको पहुँच पुगेको र अनलाइन प्रबिधिबाट राजश्व संकलन, सबै वडा कार्यालय र गाउँपालिका भवनमा सिसी क्यामरा जडान स्वास्थ्य चौकी र माबि हरुमा इण्टरनेट सेवा बिस्तार गरिएको उनले बताए । कार्यक्रममा गाउँपालिका विभिन्न शाखाका प्रमसख तथा वडाध्यक्षहरु गुलाम मोहम्मद, बाबुराम अधिकारी र प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ माघ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस