एक साताभित्र प्रदेशका सवै मन्त्रालय दाङमा

दाङ । लुम्बिनी प्रदेशमा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले अबको एक हप्ता भित्र मन्त्रालयको सबै काम प्रदेशको स्थायी राजधानी देउखुरीबाट हुने बताए ।
दाङको घोराहीमा आज पत्रकारहरु सँग कुरा गर्दै मन्त्री थारुले मन्त्रालयको सबै काम अब देउखुरीबाट गर्ने गरी तयारी भैरहेको बताए । करिब एक महिना पहिले मन्त्रालय स्थापना भएको र अबको एक हप्तापछि सबै कामहरु देउखुरीबाटै हुने उनको भनाई छ ।
प्रदेश सरकार मातहतका अस्पतालहरुलाई स्रोतसाधन र जनशक्ति युक्त बनाउन सरकार लागि परेको समेत बताए । रोग लाग्नै नदिने गरी आफ्नो स्वास्थ्यको ख्याल नागरिकले गर्नुपर्ने र रोग लागि हाले उपचारको भरपर्दाे व्यवस्था सरकारले गर्ने उनको भनाई छ ।
प्रदेश सरकार नागरिकको स्वास्थ्य अधिकार प्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले उपचार र परामर्शलाई सहज बनाउने गरी अघि बढेको स्पष्ट पारे । अस्पतालहरुमा स्रोत साधन र जनशक्ति थप्दै बिस्वाशसिलो उपचार थलो बनाउन सबैको सहयोग आबश्यक पर्नेमा उनले जोड दिए ।